काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ६.३८ अंकले घटेर २ हजार ५७२ अंकमा झरेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ समूहबाहेक सबै समूहको सूचक घटेको छ । बैंकिङ समूह ०.०८ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा धेरै १.३८ प्रतिशतले घटेको छ ।
विकास बैंक ०.०७, वित्त ०.०९, होटल तथा पर्यटन ०.०६, जलविद्युत ०.०३, लगानी ०.५५, जीवन बिमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.३९, निर्जीवन बिमा ०.६० र अन्य समूह ०.३६ प्रतिशतले घटेका छन् ।
बुधबार घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशत, इङवा हाइड्रोपावरको ४.८५ प्रतिशत, सानिमा मिडिल तमोरको ३.६६ प्रतिशत र नेपाल इन्स्योरेन्सको २.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ३.६४ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ३.४२ प्रतिशत र माथिल्लो मैलुङखोलाको ३.३७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक र हिमालयन डिस्टिलरी अगाडि रहेका छन् ।