• Menu

सेयर बजार १२ अंकले बढ्यो, कारोबार रकम घट्यो

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १६:३८

सेयर बजार १२ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं ।  सेयर बजार मंगलबार करिब १२ अंकले बढेको छ । आजको वृद्धिसँगै नेप्से २ हजार ५७८ अंकमा कायम भएको छ ।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भयो।

आज १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारमा रहेका अधिकांश समूहगत सूचक बढेका छन् । बैंकिङ समूह ०.६५, विकास बैंक ०.५५, वित्त ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत ०.६२, लगानी ०.४३, जीवन बिमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ तथा व्यापार समूह ०.८२ प्रतिशतले बढेका छन्। निर्जीवन बिमा समूह ०.०६ प्रतिशत र लघुवित्त समूह ०.१७ प्रतिशतले घटेको छ।

आज त्रिशूली जलविद्युत्को सेयर मूल्य ५.११ प्रतिशतले बढेको छ। सालपाको विकास बैंक ३.७७, हाथवे इन्भेस्टमेन्ट ३.६५, बुटवल पावर ३.५७ तथा लिबर्टी इनर्जीको सेयर मूल्य ३.५० प्रतिशतले बढेको छ।

यस्तै, सर्वोत्तम पेन्ट्सको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावरको ३ प्रतिशत तथा उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशतले मूल्य घटेको छ।

आज कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावर अगाडि रहेका छन्।