• Menu

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार १६:२०

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको निर्वाचन समितिले जनाएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि समय थप गरिएको हो। एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा आधा घण्टा लाग्ने भएकाले निर्धारित समयमा मतदान सम्पन्न गर्न कठिनाइ भएको समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितका पदमा २३ वटा समूह (क्लस्टर) अन्तर्गत मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।

निर्वाचन समितिले मतदान प्रक्रिया सहज रूपमा सम्पन्न गर्न समय थप गरेको जनाएको छ।