• Menu

दुबईमा सम्पन्न सम्मेलनमा जगदम्बा मोटर्सले प्राप्त गर्‍यो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १४:१०

दुबईमा सम्पन्न सम्मेलनमा जगदम्बा मोटर्सले प्राप्त गर्‍यो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबईमा सम्पन्न टीभीएस मोटर कम्पनीको अफ्टर-सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।

दुबईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न सम्मेलनमा जगदम्बा मोटर्सलाई ‘समग्र सेवा उत्कृष्ट प्रदर्शन’ र ‘एसियाको उत्कृष्ट उत्पादन एकाइ’ विधामा सम्मान प्रदान गरिएको हो। सम्मेलनमा टीभीएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो।

‘समग्र सेवा उत्कृष्ट प्रदर्शन’ सम्मान जगदम्बा मोटर्सका लागि विशेष महत्वको रहेको कम्पनीले जनाएको छ। यस सम्मानले कम्पनीको कार्यशाला, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहितको समग्र सेवा सञ्जाल टीभीएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको प्रमाणित गरेको कम्पनीको भनाइ छ।

सम्मानपछि जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवालले यो उपलब्धि ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणाम भएको बताए। उनले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको प्रमाणका रूपमा उक्त सम्मानलाई लिएको बताए।

जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको सदस्य कम्पनी हो। कम्पनीले देशभर फैलिएको सञ्जालमार्फत टीभीएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको बिक्री, सेवा तथा वास्तविक स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ।

कम्पनीले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्स, पारदर्शी सेवा तथा देशभरको सेवा सञ्जालमार्फत ग्राहकलाई छिटो र प्रभावकारी सेवा प्रदान गर्दै आएको जनाएको छ।

शंकर ग्रुपबारे

शंकर ग्रुप नेपालका प्रमुख व्यावसायिक समूहहरूमध्ये एक हो। विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गर्दै आएको यस समूहले विश्वास, गुणस्तर र व्यावसायिक उत्कृष्टतालाई आफ्नो दीर्घकालीन आधारका रूपमा अघि बढाउँदै आएको छ।

सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापना गरिएको शंकर ग्रुपअन्तर्गत विभिन्न व्यावसायिक क्षेत्रमा ४० भन्दा बढी कम्पनी सञ्चालनमा छन्। समूहले उद्योग, व्यापार, सेवा तथा अन्य क्षेत्रमा रोजगारी सिर्जना र लगानी विस्तारमार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

आर्थिक वर्ष २०२०/२१ मा शंकर ग्रुपअन्तर्गतका कम्पनीहरूको संयुक्त कारोबार एक अर्ब अमेरिकी डलरभन्दा बढी रहेको थियो। समूहअन्तर्गतका कम्पनीहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको जनाइएको छ।