काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले महाराजगन्जस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
सिद्धार्थ बैंक र नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
यससम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।