• Menu

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर, अनलाइन खरिदमा १५ प्रतिशतसम्म छुट

नेपाल प्रफिट

२०८३ असोज १८, आइतबार १२:१७

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर, अनलाइन खरिदमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०-१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

असोज १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने योजनामा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ तथा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५०० रुपैयाँ छुट पाउने बैंकले जनाएको छ ।

छुट प्राप्त गर्न ग्राहकले दराजको ‘मेगा दशैं डिस्काउन्ट्स १०.१०’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ खण्डमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ । संकलन गरिएको भाउचर ग्राहकको दराज खाताको ‘माई भाउचर्स’ मा सुरक्षित रहनेछ ।

त्यसपछि १ हजार ९९९ रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा भाउचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेबिट वा क्रेडिट कार्ड रोजेर सिद्धार्थ बैंकको सम्बन्धित कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । यसरी भुक्तानी गर्दा ग्राहकले तोकिएको छुट प्राप्त गर्न सक्नेछन् ।

दशैंको समयमा अनलाइन खरिदलाई थप सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले दराजसँग सहकार्य गरिएको बैंकले जनाएको छ । सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहन गर्नुका साथै दशैंको खरिदमा थप सुविधा र लाभ उपलब्ध गराउने बैंकको विश्वास छ ।

अफरसम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र तथा ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।