• Menu

टोयोटा र एनआईसी एसिया बैंकबीच सहकार्य, ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार २१:२६

टोयोटा र एनआईसी एसिया बैंकबीच सहकार्य, ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा

काठमाडौं । दसेँको अवसरमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि र एनआईसी एसिया बैंकबीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुट समेत उपलब्ध हुनेछ । उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ ।

दसैँलक्षित यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

समझदारीपत्रमा कम्पनीका डेपुटी जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) रेखा शाह कार्की र बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसीले हस्ताक्षर गरेका छन् ।