• Menu

बुटवलमा असोज १७ गते ‘पल्सर आरपीएम’ आयोजना हुने, युवाहरूका लागि रोमाञ्चक गतिविधिप्रदर्शनी

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १७:१३

बुटवलमा असोज १७ गते ‘पल्सर आरपीएम’ आयोजना हुने, युवाहरूका लागि रोमाञ्चक गतिविधिप्रदर्शनी

रुपन्देही । युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ।

काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम अब बुटवलमा आयोजना हुन लागेको हो। कार्यक्रम असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना हुनेछ। कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुने र सहभागीका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।

पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्‍याप, डिजे प्रस्तुति, ग्राफिटी लगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि तथा प्रस्तुति रहनेछन्।

कार्यक्रमले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने तथा विभिन्न विधाका कलाकार र प्रतिभासँग जोडिने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

काठमाडौंमा सुरु भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष जोडिने क्रममा रहेको छ। बुटवलमा हुने कार्यक्रमले स्थानीय युवाको ऊर्जा, स्थानीय समुदाय र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय वातावरणसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्दै पल्सर आरपीएमले युवाको प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। कार्यक्रममा सहभागी हुन सबै युवालाई आयोजकले आमन्त्रण गरेको छ।