• Menu

बजाज चेतकको ‘फेस्टिभ फाइभ’ अफर सार्वजनिक, दसैँदेखि छठसम्म १ लाखसम्म नगद फिर्ता र शून्य प्रतिशत ब्याज सुविधा

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार १२:४९

बजाज चेतकको ‘फेस्टिभ फाइभ’ अफर सार्वजनिक, दसैँदेखि छठसम्म १ लाखसम्म नगद फिर्ता र शून्य प्रतिशत ब्याज सुविधा

काठमाडौँ । बजाज चेतकले दसैँदेखि छठसम्म लागू हुने गरी ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सार्वजनिक गरेको योजनाअन्तर्गत चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा सुविधा पाउनेछन् ।

योजनामा शून्य प्रतिशत ब्याजमा किस्ता सुविधा, एक लाख रुपैयाँसम्म नगद फिर्ता, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्मको किस्ता भुक्तानी सुविधा र निःशुल्क प्रिमियम सामग्री उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वलाई लक्षित गरी ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताउनुभयो ।

‘चेतक फेस्टिभ फाइभ’ योजना छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।