• Menu

शाओमी किन्दा दैनिक उपहार र बम्परमा थाइल्यान्ड भ्रमणको मौका

नेपाल प्रफिट

२०८३ असोज १२, सोमबार १६:३३

शाओमी किन्दा दैनिक उपहार र बम्परमा थाइल्यान्ड भ्रमणको मौका

काठमाडौं । शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार हरेक दिन आठ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । त्यस्तै, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ पाउनेछन् ।

बम्परअन्तर्गत चार जना भाग्यशाली विजेताले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन् ।

योजनामा सहभागी हुन नयाँ शाओमी वा रेडमी मोबाइल खरिद गरी मोबाइलको आईएमईआई नम्बर +९७७ ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा ‘MI IMEI Number 1’ वा ‘MI IMEI Number 2’ लेखेर पठाउनुपर्नेछ । विजेताको छनोट भाग्यशाली चिठ्ठामार्फत गरिनेछ भने विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिने कम्पनीले जनाएको छ ।

यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका नियम तथा सर्त पालना गर्नुपर्नेछ ।