• Menu

राष्ट्र बैंकले आज सुनका असर्फी बिक्री नगर्ने

नेपाल प्रफिट

२०८३ कात्तिक २०, शुक्रबार १२:४०

राष्ट्र बैंकले आज सुनका असर्फी बिक्री नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको स्टक सकिएको भन्दै आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ। तिहारलाई लक्षित गर्दै बिहीबारदेखि बिक्री सुरु गरिएका सुनका असर्फी पहिलो दिनमै सकिएका हुन् ।

राष्ट्र बैंकका अनुसार बिहीबार कर्मचारीसहित ४ हजार ५०० वटा सुनका असर्फी बिक्री भएका थिए। यस वर्ष २.५ ग्रामको एउटा सुनको असर्फी ६५ हजार ४०० रुपैयाँमा बिक्री गरिएको थियो ।

आज भने राष्ट्र बैंकले चाँदीका मेडालियन मात्र बिक्री गर्नेछ । १० ग्रामको एउटा मेडालियनको मूल्य ३ हजार ७०० रुपैयाँ कायम गरिएको छ।