• Menu

सुनचाँदीको मूल्य घट्यो

नेपाल प्रफिट

२०८३ कात्तिक २०, शुक्रबार १२:१९

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार ९०० रुपैयाँ र चाँदीको ११० रुपैयाँ घटेको छ ।

सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र चाँदीको तीन हजार ८१० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको तीन हजार ९२० रुपैयाँ थियो ।