काठमाडौं । आईसीएफसी फाइनान्सको सीईओमा अमित श्रेष्ठ नियुक्त भएका छन् । कात्तिक १९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।
कम्पनीका अनुसार उनलाई २०८३ कात्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गरिएको हो । यसअघि श्रेष्ठ कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) थिए ।
श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । उनीसँग २६ वर्षभन्दा बढीको बैंकिङ कार्यअनुभव छ ।