काठमाडौं । प्रिमियम विद्युतीय मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ। नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ उपलब्ध गराउने भएको हो।
कम्पनीका अनुसार दशैं विशेष योजनाअन्तर्गत ग्राहकले अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्दा हेल्मेट र डायमन्ड कोटिङसँगै सहज किस्ताबन्दी सुविधा समेत प्राप्त गर्न सक्नेछन्।
हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले नयाँ क्रसओभर मोडल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो। नेपाली बजारमा एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
दशैंको अवसरमा ल्याइएको योजनाले ग्राहकलाई प्रिमियम विद्युतीय मोटरसाइकल खरिदसँगै आवश्यक अतिरिक्त सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ। विशेषगरी नयाँ एक्स४७ खरिद गर्न चाहने ग्राहकले यस योजनाबाट लाभ लिन सक्नेछन्।
दशैं अफर, सहज किस्ताबन्दी सुविधा तथा एक्स४७ सम्बन्धी थप जानकारीका लागि ग्राहकले अल्ट्राभायोलेटका आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।