• Menu

पहिरो र बाढीका कारण कालीगण्डकी करिडोरको रुद्रबेणी-पूर्तिघाट सडक अवरुद्ध

नेपाल प्रफिट

२०८३ असोज ९, शुक्रबार ११:२६

पहिरो र बाढीका कारण कालीगण्डकी करिडोरको रुद्रबेणी-पूर्तिघाट सडक अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी-पूर्तिघाट सडक अवरुद्ध भएको छ ।

उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा आज बिहान पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही गाउँपालिका-४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल र पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्री बीच बाटोमा रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।