• Menu

सरकारले १०० दिनमा रचनात्मक काम गर्‍यो, राप्रपा महाधिवेशनमा अध्यक्ष उठ्छु : ज्ञानेन्द्र शाही

नेपाल प्रफिट

२०८३ असार २९, १७:४४

सरकारले १०० दिनमा रचनात्मक काम गर्‍यो, राप्रपा महाधिवेशनमा अध्यक्ष उठ्छु : ज्ञानेन्द्र शाही

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए ।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता-कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको जानकारी दिएका हुन् ।

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । ‘राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,’ उनले भने ।