• Menu

सुन प्रतितोला ६ हजार ३०० घट्यो, चाँदीमा पनि गिरावट

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार ११:२५

सुन प्रतितोला ६ हजार ३०० घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको कारोबार योभन्दा बढी मूल्यमा भएको थियो ।

पछिल्लो गिरावटसँगै तिहारयता सुनको मूल्य प्रतितोला २३ हजार ४०० रुपैयाँले घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।