काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराएका हुन्।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै सर्वोच्च अदालतका लागि चार न्यायाधीश नियुक्त गरेका थिए।
यसअघि प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो। त्यसपछि न्याय परिषद्ले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
नियुक्तिसँगै चारै जना न्यायाधीशले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।