• Menu

सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुपबीच सम्झौता, बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १६:०३

सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुपबीच सम्झौता, बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्रालि, दरबारमार्गबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द चौतारी हस्पिटालिटी ग्रुपमा ड्रिंक्स एन्ड बेभरेजमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा रूपान्तरण गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन तथा ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षित गर्न समय-समयमा विभिन्न ग्राहक मैत्री सुविधा सञ्चालन गर्दै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

त्यस्तै, बैंकले युवालाई लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ।

फ्रीलान्सरलाई लक्षित गरी ‘फ्रीलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ। साथै, क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने टेलर सुविधा पनि बैंकले ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।