काठमाडौं । सरकारले आगामी सोमबार (कात्तिक ३० गते) सार्वजनिक बिदा दिएको छ । सरकारले छठ पर्वका लागि बिदा दिएको हो ।आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।
यसअघिका वर्षहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमात्रै बिदा दिने गरिन्थ्यो ।