काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०८२/८३को नाफाबाट वितरण गर्ने लभांश घोषणा गरेको छ ।
कात्तिक २७ गते बिहान सवा ९ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । जसमध्ये ३.४० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.८५ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।