• Menu

सुपरमाई हाइड्रोपावरले १८.४२१ प्रतिशत लाभांश दिने

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार ११:१५

सुपरमाई हाइड्रोपावरले १८.४२१ प्रतिशत लाभांश दिने

काठमाडौं । सुपरमाई हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कात्तिक २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ४.४२१ प्रतिशत नगद लाभाांश रहेको छ । सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

सम्बन्धित समाचार