• Menu

ग्लोबल आइएमई बैंकले बनाउँदै अत्याधुनिक कर्पोरेट भवन

नेपाल प्रफिट

२०८३ कात्तिक २०, शुक्रबार १२:५६

ग्लोबल आइएमई बैंकले बनाउँदै अत्याधुनिक कर्पोरेट भवन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम सुरु गरेको छ ।

शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।