• Menu

प्रतितोला १३ हजारले बढ्यो सुन

नेपाल प्रफिट

२०८३ कात्तिक १९, बिहीबार ११:०५

प्रतितोला १३ हजारले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने २६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य ३ हजार ६५५ कायम थियो ।