• Menu

कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

नेपाल प्रफिट

२०८३ कात्तिक १२, बिहीबार १२:३२

कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सहजै नवीकरण गर्न सक्ने भएका छन्।

यस सुविधाअन्तर्गत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेजका साथै डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसेर नवीकरण गर्न सक्नेछन्।

नयाँ सुविधाले ग्राहकलाई सेवा नवीकरणका लागि कार्यालय वा सेवा केन्द्रमा पुग्नुपर्ने झन्झट कम गर्नुका साथै छिटो, सरल र सुविधाजनक रूपमा सेवाको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यममार्फत सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। स्मार्ट प्लस मोबाइल एपसँगै ग्राहकले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट समेत डिसहोमका सेवा नवीकरण गर्न सक्नेछन्।

डिजिटल भुक्तानीका विकल्प विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त माध्यम छनोट गर्न सहज बनाउने प्रयासलाई निरन्तरता दिइरहेको कम्पनीले जनाएको छ।

डिसहोमका सेवा तथा नवीकरणसम्बन्धी थप जानकारीका लागि ग्राहकले डिसहोमको ग्राहक सेवा वा आधिकारिक डिजिटल माध्यममा सम्पर्क गर्न सक्नेछन्।