काठमाडौं । नेपाल नेत्रज्योति संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक सहयोग गरेको छ ।
संघले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकममध्ये संघको तर्फबाट एक लाख आठ हजार ४०१ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेशनलबाट १५ लाख २४ हजार ६०० प्राप्त भएको हो ।
यसअघि संघले कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग रकम जम्मा गरिसकेको जनाएको छ । रासस