• Menu

मन्त्रिपरिषद्का चार निर्णय : भूकम्प विपद् बन्डमा हस्ताक्षरदेखि खेलाडीलाई पुरस्कारसम्म

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार १६:४६

मन्त्रिपरिषद्का चार निर्णय : भूकम्प विपद् बन्डमा हस्ताक्षरदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले ४ वटा निर्णय गरेको छ ।

बैठकले विश्व बैंकसँग नेपाल भूकम्प विपद् बन्डसम्बन्धी म्यान्डेट सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले जापानको आईची-नागोयामा आयोजित २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, नेपाल न्याय सेवाको सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।