• Menu

तोलामा २९ सयले बढ्यो सुन, चाँदीको मूल्य कति ?

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार ११:१८

तोलामा २९ सयले बढ्यो सुन, चाँदीको मूल्य कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४०५ कायम भएको छ ।

बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी चार हजार ३९० मा किनबेच भएको थियो ।