काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ भने चाँदीको मूल्यले ३५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३९० कायम भएको छ ।
बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो ।