काठमाडौं । बेनेली नेपालले दशैंलाई लक्षित गर्दै ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले पुरानो सवारीसाधन साटेर नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको बोनस र सहज किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको हो ।
योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्य लाभ प्राप्त गर्न सक्नेछन् । पुरानो सवारीसाधन साटेर नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दशैंको अवसरमा थप सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
नयाँ सवारी खरिद प्रक्रिया सहज बनाउन कम्पनीले किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्तामा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
दशैं योजनाअन्तर्गत बेनेली पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दशैंको अवसरमा ग्राहकलाई नयाँ सवारीसाधन खरिदमा थप सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो ।