काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु पाँच हजार र चाँदीको मूल्य १४५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ५१० कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६५५ कायम भएको थियो ।