• Menu

सुन तोलामा ३२ सय र चाँदी १६५ रुपैयाँले घट्यो

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १२:०६

सुन तोलामा ३२ सय र चाँदी १६५ रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २०० र चाँदीको मूल्य १६५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० र चाँदीको चार हजार ६५० कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य चार हजार ८१५ कायम भएको थियो ।