ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर आगलागी हुँदा १० घरमा क्षति पुगेको छ । बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगलागी सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आगलागीमा सात घर पूर्णरूपमा जलेर ध्वस्त भएका छन् भने अन्य तीन घरमा पनि ठूलो क्षति पुगेको छ ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी परिचालन भएका छन् । दोभान बजारमा करिब ५० घर रहेका छन् ।
प्रजिअ दाहालका अनुसार आगो अहिले नियन्त्रणउन्मुख रहेको छ । दमकल र सुरक्षाकर्मी समयमै पुगेकाले थप क्षति हुनबाट जोगिएको उनले बताए ।