• Menu

ताप्लेजुङको दोभान बजारमा फेरि भीषण आगलागी

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १४:२७

ताप्लेजुङको दोभान बजारमा फेरि भीषण आगलागी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।

प्रारम्भिक जानकारीअनुसार दाबा शेर्पाको घरबाट आगलागी सुरु भएको हो । बजारमा बाक्लो बस्ती रहेकाले आगो तीव्र रूपमा फैलिँदा आसपासका घरसमेत जोखिममा परेका छन् ।

आगलागीबाट घर तथा पसलमा रहेका सामान, खाद्यान्न तथा अन्य सामग्री जलेर ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङबाट दमकल घटनास्थलतर्फ पठाइएको छ ।

नेपाल प्रहरी, सुरक्षाकर्मी तथा स्थानीयवासी आगो नियन्त्रणमा लिन प्रयासरत छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

दोभान बजारमा यसअघि पनि ठूलो आगलागी भएको थियो । उक्त आगलागीमा ४० भन्दा बढी घर तथा बजारका संरचना जलेर ध्वस्त भएका थिए ।

पछिल्लो आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।