• Menu

अविरल वर्षाले पाल्पामा सिद्धार्थ राजमार्ग र ग्रामीण सडक अवरुद्ध, सिद्धबाबा क्षेत्रमा यातायात प्रभावित

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १३:२३

अविरल वर्षाले पाल्पामा सिद्धार्थ राजमार्ग र ग्रामीण सडक अवरुद्ध, सिद्धबाबा क्षेत्रमा यातायात प्रभावित

पाल्पा । गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन-बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका-१ चिदीपानी आर्यभञ्ज्याङ-रामपुरखण्डमा यातायात प्रभावित भएको छ ।

सोही राजमार्गको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा निरन्तर पहिरो झरिरहेको छ ।

प्रहरी चौकी दोभानका अनुसार माथागढी गाउँपालिका-१, चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ । पहिरोले ट्रकमा सामन्य क्षति भएको छ  ।

पहिरो पन्छाउन दुई वटा डोजर परिचालन भएका छन् । लगातारको वर्षाले पाल्पाका केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । तिनाउलगायत जिल्लाका नदी तथा खोलामा पानीको सतह बढेको छ । भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन स्थाननीय प्रशासनले आग्रह गरेको छ ।