• Menu

कारोबार खुल्नासाथ ९४ अंकले बढ्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ भदौ ३०, मंगलबार ११:१५

कारोबार खुल्नासाथ ९४ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से कारोबार खुल्नासाथ ९४ अंकले बढेको छ । सरकारले पुँजी बजारको सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको भोलिपल्ट कारोबार खुल्नासाथ बजारमा उछाल आएको हो ।

सरकारले हिजो सोमबार तत्कालीन सुधार एवं पुनरूत्थान कार्ययोजना २०८३ घोषणा गरेको थियो । बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत कायम गर्ने निर्णयले लगानीकर्ता उत्साहित भएका छन् ।

बजार खुलेको १ मिनेटभित्रै नेप्से परिसूचक २५८५.०४ अंकबाट बढेर २६७९.५४ अंकमा उक्लिएको थियो । तर, यो वृद्धि धेरैबेर टिकेन । पाँच मिनेटभित्रै बजार २६२३.८७ अंकमा ओर्लिएको थियो ।