• Menu

रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल प्रफिट

२०८३ भदौ ३०, मंगलबार १०:१२

रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश प्रस्ताव असोज २२ गते बस्ने कम्पनीको ३२ औँ वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसैले असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन र त्यहाँबाट पारित भएको लाभांश प्रप्त गर्न सक्नेछन् ।