• Menu

लगातार दोस्रो दिन घट्यो सेयर बजार, २०१ कम्पनीका लगानीकर्ताले गुमाए

नेपाल प्रफिट

२०८३ भदौ २५, बिहीबार १६:११

लगातार दोस्रो दिन घट्यो सेयर बजार, २०१ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं ।  बिहीबार सेयर बजारका सबैजसो सूचक घटेका छन्। बजार परिसूचक नेप्से १३.८५ अंकले घटेर २ हजार ५३१ अंकमा कायम भएको छ ।

बुधबार पनि नेप्से १५.४३ अंकले घटेको थियो । बिहीबार कारोबार रकमसमेत घटेको छ । बुधबार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज कुल ६९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घटेको छ। अन्य समूहको गिरावट भने १ प्रतिशतभन्दा कम रहेको छ।

बैंकिङ समूह ०.४७, विकास बैंक ०.३४, वित्त ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्यत् ०.५५, लगानी ०.४१, जीवन बिमा ०.१७, लघुवित्त ०.५६, निर्जीवन बिमा ०.७८, अन्य समूह ०.६४ र व्यापार समूह ०.२७ प्रतिशतले घटेका छन्।

लिबर्टी इनर्जीको मूल्य १५ प्रतिशत बढ्यो

बिहीबार लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै दोल्ती पावरको ८.२२, अपर लोहोरेखोलाको ७.०२, इमर्जिङ नेपालको ५.४६, शिवश्री हाइड्रोको ४.९२, सेन्ट्रल फाइनान्सको ४.४६ तथा जानकी फाइनान्सको ४.२८ प्रतिशतले मूल्य बढेको छ।

यता सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२४, शुभम पावरको ५.१९, धौलागिरि लघुवित्तको ४.५० तथा बाराही हाइड्रोपावरको ४.४० प्रतिशतले मूल्य घटेको छ।

यी कम्पनीमा भयो धेरै कारोबार

बिहीबार धेरै कारोबार हुने कम्पनीमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर रहेका छन्।