• Menu

सुनको मूल्य २४०० रुपैयाँ घट्यो, चाँदीको स्थिर

नेपाल प्रफिट

२०८३ भदौ १२, शुक्रबार १३:४०

सुनको मूल्य २४०० रुपैयाँ घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९६५ रुपैयाँ कायम भएको जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँ र चाँदी चार हजार ९६५ रुपैयाँ कायम भएको थियो ।