• Menu

वैदेशिक रोजगारीको नाममा १७ लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

नेपाल प्रफिट

२०८३ भदौ ७, आइतबार १३:१३

वैदेशिक रोजगारीको नाममा १७ लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट तीन लाख लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो ।