• Menu

निजामती कर्मचारी अस्पतालमा आइतबारदेखि विशेष ओपिडी, लाइन नबसी उपचार पाइने

नेपाल प्रफिट

२०८३ भदौ ५, शुक्रबार १२:४८

निजामती कर्मचारी अस्पतालमा आइतबारदेखि विशेष ओपिडी, लाइन नबसी उपचार पाइने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९:०० देखि १:०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी सेवा सञ्चालन गर्न लागेको छ ।

विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक-कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ । अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछन् ।

उनका अनुसार, निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रुपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो ।