
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ग्लोबल आइएमई बैंकले विशेष ब्याजदरमा अटो लोन सुविधा उपलब्ध गराएको छ। एक्स्पो अवलोकनका क्रममा बैंकको स्टलबाट कर्जासम्बन्धी जानकारी लिएर नाम दर्ता गराउने ग्राहकले सवारीसाधन खरिद गर्दा ०.५ प्रतिशत प्रिमियममै अटो लोन पाउने भएका छन् ।
बैंकको हालको आधार दर ४.७५ प्रतिशत रहेको छ। त्यसमा ०.५ प्रतिशत मात्र प्रिमियम थप हुने भएकाले ग्राहकले ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोको सहप्रायोजक रहेको ग्लोबल आइएमई बैंकको स्टलमा कर्जासम्बन्धी जानकारी लिन तथा अटो लोनका लागि नाम दर्ता गराउन ग्राहकको उल्लेख्य सहभागिता रहेको छ। एक्स्पो सुरु भएको दुई दिनमै एक सय ५० भन्दा बढीले अटो लोनका लागि नाम दर्ता गराइसकेको बैंकले जनाएको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal