• Menu

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

नेपाल प्रफिट

२०८३ साउन २८, बिहीबार १३:३७

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन् । उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते गम्भीर घाइते भएका देउवा उपचारका लागि श्रीमती आरजु राणा देउवासँगै सिंगापुर गएका थिए । उपचारपछि उनी थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन् ।

देउवा नेपाल फर्किने जानकारी पाएपछि उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।