• Menu

कुमारी बैंक गढवा शाखाद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाखको बिमा दाबी भुक्तानी

नेपाल प्रफिट

२०८३ साउन २८, बिहीबार ११:५५

कुमारी बैंक गढवा शाखाद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाखको बिमा दाबी भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता (पीएसबीके) अन्तर्गतको बिमा सुविधाअनुसार एक सेवाग्राहीलाई १० लाख रुपैयाँ बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।

बैंकका अनुसार श्रीमती खुमा पौडेलका श्रीमान्को दुःखद दुर्घटनाका कारण निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बिमा दाबी प्रक्रिया पूरा गरी गढवा शाखाले १० लाख रुपैयाँ बराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बिमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाप्रति विश्वास बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बैंकको भनाइ छ ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बिमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने बैंकले जनाएको छ ।

२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्दै सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकको वित्तीय सुरक्षा थप सुदृढ गर्ने उद्देश्यले बैंकले विभिन्न निक्षेप, बिमा तथा बैंकिङ सेवाहरू सञ्चालन गर्दै आएको जनाएको छ ।