• Menu

नाइमा मोबिलिटी एक्स्पोमा नाइयुका तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक, कति दिन्छन् रेन्ज ?

नेपाल प्रफिट

२०८३ साउन २७, बुधबार १६:३८

नाइमा मोबिलिटी एक्स्पोमा नाइयुका तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक, कति दिन्छन् रेन्ज ?

काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी ब्रान्ड नाइयुले नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालमा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले एफक्यूआईएक्स३००, एफएक्स विन्ड र एनक्यूआईजीटीएस सार्वजनिक गरेको हो ।

नयाँ तीन मोडलको आगमनसँगै नेपालमा नाइयुको विद्युतीय स्कुटरको श्रृंखला थप विस्तार भएको छ । आधुनिक डिजाइन, प्रविधि, जडान सुविधा र विद्युतीय कार्यसम्पादनलाई प्राथमिकता दिइएका यी मोडलले नेपाली उपभोक्तालाई विद्युतीय दुईपांग्रे सवारीको नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एफक्यूआईएक्स३००

नाइयुको नयाँ पुस्ताको विद्युतीय सवारीका रूपमा एफक्यूआईएक्स३०० प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । आधुनिक डिजाइन, प्रविधि र गतिशील सवारी अनुभव चाहने ग्राहकलाई लक्षित गरी यो मोडल विकास गरिएको हो ।
एफक्यूआईएक्स३०० मा ३ हजार ६ सय वाट क्षमताको मोटर जडान गरिएको छ । यसको अधिकतम मोटर क्षमता ५ हजार ६ सय वाट रहेको छ । यसमा ७२ भोल्ट २८ एम्पियर घण्टाका दुईवटा ब्याट्री प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार सवारीको अवस्था, सडक, गति तथा प्रयोगको तरिकाअनुसार यसले १३० देखि १५० किलोमिटरसम्म दूरी तय गर्न सक्छ ।

एफएक्स विन्ड

एफएक्स विन्डले विद्युतीय दुईपांग्रे सवारीमा फरक र आकर्षक पहिचान प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
यसमा ३ हजार वाट क्षमताको मोटर र अधिकतम ५ हजार ६ सय वाट क्षमता रहेको छ । यसमा ७२ भोल्ट ३२ एम्पियर घण्टाको ब्याट्री प्रयोग गरिएको छ । प्रयोगको अवस्था र सवारी शैलीअनुसार यसले ८० देखि १०० किलोमिटरसम्म दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ ।
आकर्षक स्वरूप र आधुनिक डिजाइनसहितको एफएक्स विन्डलाई आफ्नो सवारीलाई व्यक्तिगत शैली र पहिचानको हिस्सा बनाउन चाहने ग्राहकलाई लक्षित गरिएको छ ।

एनक्यूआईजीटीएस

नाइयुको एनक्यूआई श्रृंखलामा आधारित एनक्यूआईजीटीएसले उच्चस्तरीय विद्युतीय सवारीलाई थप परिष्कृत रूपमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । एनक्यूआईजीटीएसमा ३ हजार ६ सय वाट क्षमताको मोटर र अधिकतम ५ हजार ६ सय वाट क्षमता रहेको छ । यसमा ७२ भोल्ट २८ एम्पियर घण्टाका दुईवटा ब्याट्री जडान गरिएको छ ।

कम्पनीका अनुसार सवारीको अवस्था र प्रयोगको तरिकाअनुसार यसले १३० देखि १५० किलोमिटरसम्म दूरी तय गर्न सक्छ ।
प्रविधि, डिजाइन र आरामदायी सहरी सवारी अनुभवलाई प्राथमिकता दिने ग्राहकलाई लक्षित गरिएको एनक्यूआईजीटीएसले नेपालमा नाइयुको उच्चस्तरीय विद्युतीय स्कुटरको श्रृंखलालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेसँगै नाइयु नेपालले लोकप्रिय एनक्यूआई स्पोर्ट्सको मूल्यसमेत घटाएको घोषणा गरेको छ । यसअघि ३ लाख ४८ हजार रुपैयाँ रहेको एनक्यूआई स्पोर्ट्सको नयाँ मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यसअनुसार यसको मूल्य ७८ हजार १ सय रुपैयाँले घटेको छ ।

कम्पनीका अनुसार मूल्य घटाइए पनि एनक्यूआई स्पोर्ट्सको प्राविधिक विशेषता, सुविधा तथा कार्यसम्पादनमा कुनै परिवर्तन गरिएको छैन । एनक्यूआई स्पोर्ट्सले सवारीको अवस्था र प्रयोगको तरिकाअनुसार ८० देखि ९० किलोमिटरसम्म दूरी तय गर्ने कम्पनीले जनाएको छ ।
नाइयुका अनुसार मूल्य समायोजनले थप नेपाली ग्राहकलाई स्मार्ट विद्युतीय सवारीको पहुँचमा ल्याउने उद्देश्य राखेको छ । मूल्य घटे पनि प्रविधि, डिजाइन, जडान सुविधा र विद्युतीय सवारी अनुभवमा कुनै कमी नआउने कम्पनीले जनाएको छ ।