• Menu

कारोबार रकम ३.५३ अर्बमा खुम्चियो, कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए ?

नेपाल प्रफिट

२०८३ साउन २७, बुधबार १५:४२

कारोबार रकम ३.५३ अर्बमा खुम्चियो, कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए ?

काठमाडौं ।  बुधबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि नेप्से परिसूचक ०.५५ अंकले बढेर २ हजार ६४२ अंकमा कायम भएको छ ।

मंगलबार नेप्से ०.७९ अंकले बढेको थियो । बुधबार बजारमा २७६ कम्पनीको सेयर कारोबार भएकामा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार घटेर ३ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार लगानी समूह सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.०५ प्रतिशत, वित्त ०.२४ प्रतिशत तथा होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले बढेका छन् ।

त्यस्तै विकास बैंक समूह ०.२२ प्रतिशत, जलविद्युत ०.४० प्रतिशत, जीवन बिमा ०.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७० प्रतिशत, लघुवित्त ०.०५ प्रतिशत, निर्जीवन बिमा ०.०५ प्रतिशत, अन्य समूह ०.१० प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन् ।

समूहगत कारोबारमा जलविद्युत् समूह अगाडि रहेको छ । उक्त समूहका कम्पनीहरूमा १ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वाणिज्य बैंक समूहमा ३६ करोड, उत्पादन तथा प्रशोधनमा २८ करोड तथा लगानी समूहमा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारदेखि नै कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । मूल्य बढेसँगै कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३४५ रुपैयाँ पुगेको छ । इमर्जिङ नेपाल ५.४८ प्रतिशत, एचआईडीसीएल ४.९५ प्रतिशत तथा एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.८५ प्रतिशतले बढेको छ ।

यता अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । महिला लघुवित्तको ५.१८ प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहेका छन् ।