• Menu

आजदेखि नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारी मुख्य आकर्षण

नेपाल प्रफिट

२०८३ साउन २६, मंगलबार ०९:३३

आजदेखि नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारी मुख्य आकर्षण

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आज मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहनेछ ।

एक्स्पोमा विभिन्न ब्रान्डका नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहनेछन् । नेपालमा भित्रिएका नयाँ सवारीसाधन तथा आधुनिक प्रविधि पहिलोपटक सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराउनेछन् । अटो पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन र एक्सेसरिजका स्टलसमेत रहनेछन् ।

एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिनेछ ।