काठमाडौं । स्थानीय बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार चार सयले बढेको छ भने चाँदी एक सय १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार सात सय ८० कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६ सय ७० कायम थियो ।