काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो चार कारोबार दिनमा सुनको मूल्य प्रतितोला १७ हजार ९ सय रुपैयाँले बढेको छ । गत मंगलबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य निरन्तर बढ्दै आइतबार ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार हुँदैछ । यो अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँ बढी हो ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य चार कारोबार दिनमा २ सय ६५ रुपैयाँले बढेको छ ।