• Menu

सुनको मूल्य ९ सयले बढ्दा चाँदी पनि १० रुपैयाँले महँगियो

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार ११:१०

सुनको मूल्य ९ सयले बढ्दा चाँदी पनि १० रुपैयाँले महँगियो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९ सयले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० ले बढेर चार हजार ५८० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।